Journey of a Rickshaw Puller (रिक्सा चालकको यात्रा)
Image Credit: Simanto Paul
आर यान ए सि (RNAC) को आकासे पुल को छेउमा भर्खर भर्खर नया पसल राख्न लागे जस्तो गरी भुई मा पाल ओछ्याई ब्यापारी हरु सामन राख्दै थिए! दिउसो ४ बज्नै लाग्दो हो, सधै व्यस्त यो ठाउँमा सैयौं मान्छेहरुको भिड हुन्छ्!! भर्खर नगरपालिकाको गाडी एक चक्कर लगाएर गयो!!फूट्पाथ छेउ – छाउ केहि फलफुल छरिएका थिए अनि छरिएका थिए सपना हरु!!
फेरी कुन चै को सामन उठाएर लगेछ नगरपालिका ले!! गाडी कुर्दै गरेकाहरु एक आपास मा कुरा गर्दै थिए!! आकाशे पुल छेउमा रिक्सामा अढेस लगाएर बसेका रामे सबै कुरा नियाल्दै थिए! यो त दैनिकी नै हो! गुटुटु गरेर नगरपालिको को गाडी आउछ, पसलेहरु भागम् भाग गर्छन फेरी एक्छिन मा पसल राखी हाल्छन्!! २ मिनेटमा माहोल साम्य भैसकेको थियो,लाग्थ्यो केहि भएकै छैन यहाँ!! उता,पर टेम्पो मा १२ बर्षको केटो कराउदै छ, मैतिदेवी, पुरानो बानेस्वर गौशाला !! एता माईक्रोमा अर्को युवक कराउदै छ ,समाखुशी, गोंगबु, नयाँ बसपार्क !!
दशै आउनै लागिसक्यो!! बेला बेला को चिसो सेरोटोले दशैको माहोलको आभास दिन्छ्!! हिजो अस्ती भन्दा मान्छेहरु धेरै घटिसके (आर्) यन ए सि मा!! सायद सबै आ-आफ्नो गाउँतिर गए होलान्!! रामेलाई नि घर जानु छ दशै को लागि!! बिहान छुट्ने बेला मा दियाले भनेकी थि, टिकट छिट्टै काट्नु है, कस्तो महँगी सक्यो टिकट, अस्तीको बर्ष त जान पाइएन, यो पाली त दशैमा घर जानु पर्छ!! रिक्सामा आनन्दले बसेको रामे दाई सोच मग्न हुन्छ! घर त जाने, तर दशै मनाउने पो कसरी ? कती धेरै खर्च लाग्छ, फेरी कती पाहुना आउने हुन्, कती टिका थाप्न आउने हुन्!! गाउँमा बुवा आमा लाई नि त केहि लग्दिन पर्यो!! सबै पैसा को जोहो कसरी गर्नु ? कोही ग्राहक नै छैन!! एतै त धौ धौ छ दिन गुजार्न चाड-बाड कसरी गुजार्नु ?
– दाई,ओ दाइ ? रिक्सा खाली नै हो ?
आफु तिर हेर्दै बोलेको मान्छे देखी रामे झसङ हुन्छ!
-हो सर, हो! बस्नुस न कता सम्म जाने हो ?
-म हैन सामन लग्नु पर्ने!!
-भै हाल्छ नि, सामन कता छ बरु ?
-भित्र गणेश मन्दिर निर !
-ल बस्नुस सर्, जाम न त!!
बिशाल बजार तिर रिक्सा घुमाउदै रामे हर्न बजाउदै अगाडी बड्छ!
यो गल्ली हरु नि कहिले खाली नहुने भए, झन चाड-बाडको बेलामा त खुट्टा टेक्ने ठाउ हुँदैन्, रिक्सा कसरी कुदाउनु? मन मनै मुर्मुरिन्छ रामे! तर नि काम त गर्नु छ!!फेरी आफैलाई सम्झाउछ!!
-दाइ एही निर रोक्नुस !!
गणेश मन्दिर छेउ मै पुगेसी रामे अडिन्छ्!
–ल साहुजी सामान लोड गरम्,रिक्सा ल्याको छु!!
-ओए केटा सामान हाल्दे रिक्सामा!!
छेउ मै बसिरहेको भरियालाई साहु ले भन्छ!
२, ३ टा गर्हौ कपडा को भारी हालिसके पछी मान्छे सगैँ रामेको रिक्सा असनको गल्लीबाट ठमेल हुँदै लैनचौर तिर निस्किन्छ!!
बल्ल बल्ल गतिलो ग्राहक भेटियो! नत्र त दिन भरि हल्लिएरै बितिरको थियो! मन मनै रमाउछ रामे!
लैनचौरको डि डि सि पछाडी पुगेसी रामेको रिक्सा एउटा सानो कम्पाउण्ड भएको घरमा रोकिन्छ!!
-ड्याडि!! वोउ!! कती धेरै सामान !
सानो नानी रमाउदै निस्किन्छिन ढोकाबाट!!
-अ, छोरी तिमीलाई नाना छ, जाउ हरि दाइलाई बोलाऊ त!!
(हजुर सर्, म एही छु)
नजिकै बाट आवाज सुनिन्छ!!
-ए हरि! यो सामान राख भित्र!!
म राख्न मदत गरी हाल्छु नि!! रामेले भन्छ!!
ल दाई कती पैसा भायो ?
(समान राखिसके पछी रामेलाई प्रश्न आउछ)
-अरु बेला त २०० हो, चाड-बाडको समय छ, मिलाएर दिनुस न सर !!
-ल ४०० नै राख, चाड-बाडको बेला तिम्रो नि परिवार होलान्, मन खुशी राख्नु!!
-हजुर्,धन्यबाद सर्!!
गेटबाट निस्किदै गर्दा रामेले आवाज सुन्छ!
-ए, ए पख पख त!!
-हजुर्!!हजुर सर्!!
-२, ३ दिन मेरो सामनहरु उठाउन छ, के तिम्रो रिक्सा खाली होला त!!
(खुशी हुँदै रामे)
-भै हाल्छ नि सर्, किन नहुनु!! यी मेरो नम्बर टिप्नुस न, जहिले भन्नु हुन्छ म आउछु!
घडी हेर्छ, ओहो कती चाडै ७ पो बज्न लागेछ त!! अब घर जानु पर्यो!! दिया बिचरी कुरिरकी होलिन मलाई!!
घर पुग्दा दिया सधै झै भान्सा मा हुन्छिन्! रामे सिधै कोठा मा जान्छ बाक्सा खोल्छ, त्यहाँ कुनामा बचाएर राखेको पैसा गन्छ, १२ हजार!!
अनी आज को आम्दानी मिसाउछ ८७५!!
-सर ले फोन गरेर काममा गइयो भने त २/ ३ हजार होला पक्कै नि!! अनी त जसो तसो दशै कटी हाल्छ नि!! २ जनाको टिकट ८००!!बुवा लाई टोपी ३७५, आमा लाई त मफ्लर भएनी हुन्छ २५० को! दियालाई बरु के किन्दिने ? ? अ!! उस्को प्यारो सारी सस्तो मा हेर्दिन पर्ला! अनी बाकी १० हजारले घर खर्च पुग्छ होला!! ३, ४ दिन त बस्ने हो नि दशै मा!!
भान्सा मा जान्छ रामे!! दिया लाई अङाँलो मार्दै भन्छ, बुडी हामी अब छिट्टै गाउँ जाने, यो साल हामी नि परिवार सँगै दशै मनाउने …….
